मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२० Sunday, November २२, २०२६

स्थायी समितिको निर्णयमा खगराजको गम्भीर असहमति, राजनैतिक आत्महत्याको दिशामा धकेलेको आरोप(पत्रसहित)

शेयर९.७K०
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आजको स्थायी समिति बैठकको निर्णयमा गम्भीर असहमति दर्ज गरेका छन् । उनले आफ्नो ३४ वर्षको राजनैतिक र साङ्गठनिक जीवन समाप्त पार्ने डिजाइन अनुसार स्थायी समितिले निर्णय गरिएको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर उनले चार प्रश्न गरेका छन् । स्थायी समिति बैठकले गरेको निर्णयले सुदूरपश्चिम प्रदेशको पार्टी भित्र देखिएको अराजकतालाई निरुत्साहित गर्ने वा प्रोत्साहित गर्ने भन्दै प्रश्न गरेका छन् ।त्यस्तै इमानदार कार्यकर्तालाई निरुत्साह गर्ने वा प्रोत्साहित गर्ने , पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहानाबाट भन्दै प्रश्न गरेका  भट्टले अराजकतालाई दण्डित गर्नु पर्ने अवस्थामा झन् प्रशय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ भनेर सोधेका छन्  ।
आज स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको थियो । भट्ट सुदूरपश्चिम माओवादीका शीर्ष नेता हुन् तर, उनी इन्चार्ज वा सहइञ्चार्ज कुनै जिम्मेवारी पाएनन् । त्यस्तै माघ १२ गते बहुमतले भट्टलाई संसदीय दलको नेताबाट हटाएको थियो  । उक्त निर्णयलाई पनि स्थायी समिति बैठकले हस्तक्षेप नगरेपछि भट्टले असहमति प्रकट गरेका हुन् ।स्थायी समितिको निर्णयमा खगराजको गम्भीर असहमति, राजनैतिक आत्महत्याको दिशामा धकेलेको आरोप(पत्रसहित)

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।