मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:०१ Sunday, November २२, २०२६

केपी ओली कपको उपाधि मछिन्द्रलाई

शेयर९.५K०

कैलाली । केपी ओली कप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक हात पारेको छ । दोस्रो संस्करणको केपी ओली कपको फाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टीमा सुटआउटमा ५-४ गोलले पाखा लगाउँदै मछिन्द्र दोस्रो पटक च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी मार्फत गरिएको थियो । एनआरटीका विवेक गुरुङले पेनाल्टीमा गोल गर्न चुकेपछि मछिन्द्र उपाधि चुम्न सफल भएको हो । 

उपाधि विजेता मछिन्द्रले उपाधिसहित ११ लाख रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो संस्करणको केपी ओली कपको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।