मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५६ Monday, November २३, २०२६

सशस्त्रका डिएसपी आफ्नै कार्यालयको कोठामा झुन्डिएको अवस्थामा मृत फेला 

शेयर८K०

धनुषा । सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार सोमबार दिउँसो मोरङको धनपालथान-३, मा रहेको बोर्डर आउट पोस्ट (बिओपी) का प्रमुख बस्याल आफ्नो कार्यालयको कोठाभित्र झुन्डिएर मृत अवस्थामा फेला परेका हुन् ।

दाहालका अनुसार घटना स्थलतर्फ प्रहरी पुगी सकेको छ। कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपी बस्यालको शव फेला परेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरिएको डिएसपी दाहालले बताए । उनले भने, ‘प्रहरी पुगेर घटना स्थल सुरक्षित बनाउनुका साथै अनुसन्धानको काम थालिसकेको छ। घटना स्थल बन्द गरिएको छ। पाल्पा घर भएका डिएसपी बस्यालको परिवारका सदस्यसँग समन्वय भइरहेको र उहाँहरू आएपछि मात्रै ढोका खोल्ने छौँ।’

अहिले नै घटनाबारे यथार्थ विवरण आइ नसकेको र थप कुरा अनुसन्धानपछि मात्रै आउने दाहालले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।