मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२२ Monday, November २३, २०२६

बुधवार कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ४ जना घाइते

शेयर१८K०

गोदावरी । कैलालीको गोदावरीमा बुधबार दिउँसो इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान गोदावरीको भ्यागुतेपानीमा दुर्घटना प्रहरीले जानकारी दिएको छ ।

भ्यान दुर्घटनामा परी घाइते हुनेहरुमा डडेल्धुराको अमरगढी नगरपालिका-१, की ३६ वर्षीय कमला निडाल, कैलालीको चुरे गाउँपालिका-६, की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका-८, की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

अहिले घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । इलेक्ट्रिक भ्यान ब्रेक लगाउन खोज्दा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।