मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३० Monday, November २३, २०२६

भजनीका हाकिमले उठाउदैनन मेयरको फोन, एक महिना देखि कार्यकक्षमा ताला 

शेयर११.२K०

कैलालीको भजनी नगरपालिकाका हाकिम लक्ष्मण कठायतले नगर प्रमुख केवल चौधरीको फोन उठाउन छोडेका छन् । गत माघ २९ गते कार्यालयमा झुल्किएका उनी त्यस यता भने हाल सम्म पनि देखिएका छैनन् ।

नगर सरकारले बारम्बार सम्पर्क गर्दा उनको फोन पनि नउठने र कुनै प्रतिक्रिया पनि नदिने गरेको नगर प्रमुख केवल चौधरीले बताए । “हाकिमसाब काठमाडौं छन भन्ने सुनेको छु । म काठमाडौ गएर उनलाई भेट्न बोलाउदा पनि भेट्न चाहेनन् । नत फोन उठाउछ्न नत कार्यालयमा आउछन् । उनि नहुँदा जनताका काम रोकिएका छन् ।” मेयर चौधरीले निर्भीक पोस्ट संग भने ।

उनी कार्यालय आउन छोडेपछि हाल उनको कार्यकक्षमा ताला लाग्ने गरेको छ । विहिबार दिउँसो हामी नगरपालिका पग्दा समेत उनको कार्यकक्षमा ताला लागेको थियो।

भजनीका हाकिमले उठाउदैनन मेयरको फोन, एक महिना देखि कार्यकक्षमा ताला  “सरले कार्यालय आउनै छोड्नु भयो । एक महिना भइहाल्यो नि । अनि के खोल्नु त !” एक कर्मचारीले भने । हाकिम कठायत किन कार्यालय आउन छोडे भन्ने कारण भने कसैलाई थाहा छैन । आफू संग हाकिमको सम्बन्ध निकै राम्रो रहेको मेयर चौधरी बताउँछन् । यस विषयमा हामिले प्रतिक्रिया लिन खोज्दा हाकिम कठायतले फोन उठाएनन भने म्यासेजको पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।