मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४० Sunday, November २२, २०२६

जङ्गली बदेल र चित्तलको ६१ किलो मासु धनगढीबाट बरामद

शेयर१३.७K०
धनगढीबाट जङ्गली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरिएको जानकारी दिए ।
उनकाअनुसार जङ्गली बदेलको जस्तो देखिने ३८ किलो, चित्तलको जस्तो देखिने १६ र बाकी अन्य ७ किलो गरेर ६१ किलो मासु बरामद गरिएको हो ।
बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।