मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०५ Monday, November २३, २०२६

कैलालीको धनगढी र टीकापुरबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी प्रहरीको फन्दामा

शेयर८.१K०

कैलाली : कैलाली विभिन्न ठाउँबाट फरकफरक मुद्दाका फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ पर्नेमा चोरि मुद्दामा १० दिन कैद सजाय र १ हजार जरिवाना ठहर भएका जिल्लाको धनगढी उपमहानगरपालिका–११ बस्ने डम्बर राना, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ बस्ने किरन चौधरी र लागुऔषध मुद्दामा २ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–६ बस्ने बिजय शाही रहेका प्रहरीले जनाएको छ ।

यस्तै वन मुद्दामा ८१ हजार १०१ जरिवाना ठहर भएका टीकापुर नगरपालिका–३ बस्ने दिलबहादुर भुल, बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने जगत कुँवर र चोरी मुद्दामा २२ दिन कैद सजाय र ११ हजार ३९० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने कमल पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको चन्दले जानकारी दिएका हुन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।