बाजुरा : सोमबार राती बाजुरामा एक होटलमा आगलागी हुँदा पूर्ण रुपमा जलेर नस्ट भएको छ ।
जिल्लाको बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसार आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमानका साथै २ ओटा मोटरसाइकल समेत जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।