मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२६ Sunday, November २२, २०२६

कैलालीमा एक लाख ४१ हजार भारुसहित २ जना नियन्त्रणमा

शेयर९.१K०

धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट एक लाख ४१ हजार भारतीय रुपैँया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन् । उनीहरूलाई प्रहरीले त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो । उनीहरूको स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।