मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५० Sunday, November २२, २०२६

उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

शेयर१३.१K०

धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलम ज्यान गएको छ ।

अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिएका छन् । उक्त जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको पनि प्रहरीले जनाएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।