मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१० Sunday, November २२, २०२६

सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष महरा पक्राउ

शेयर७.२K०

सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो ।

त्यसपछि आइतबार गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आयोगको प्रतिवेदन अनुसार कारबाही अघि बढाउन निर्देशन समेत दिएका थिए । महरा भेप मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आयोगले ठहर गरेको  थियो ।

सुन तस्करी प्रकरणमा पक्राउ महरा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षका साथै पूर्वसभामुख समेत हुन् । पक्राउ पश्चात महरालाई काठमाडौँ ल्याइएको छ । कपिलवस्तुबाट नेपाल प्रहरीले यति एअरलाइन्समार्फत भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याएको हो । उनलाई लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लगिएको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।