मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:२९ Sunday, November २२, २०२६

विपिन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

शेयर८.९K०

कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज ज्ञापन पत्र बुझाइएको हो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए ।

प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए । हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए । त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ । उनलाई हमास समूहले नियन्त्रणमा लिएको पुष्टि भएको छ । तर, अहिलेसम्म उनलाई रिहा भने गरेको छैन ।

माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र संसदीय दलका नेता मानबहादुर धामीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका हुन् ।

हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।