मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:३३ Sunday, November २२, २०२६

बजुरा र बझाङमा आगलागिबाट होटेल, खुद्रा पसल र घर जलेर नष्ट

शेयर१४.८K०

आइबार साँझ बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-६, कोर्ध स्थित अमर बडुवाल र बलबहादुर बडुवालको सँगै जोडिएको ३ तले घरमा बिजुलीको लाईन सर्ट भएरसाँझ आगलागी भयो ।

आगलागिबाट हुँदा घरसँगै घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारील जानकारी दिनुभयो ।

उक्त आगलागीबाट मानविय/चौपाया क्षती नभएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको भण्डारीले जानकारी दिएका छन् । उक्त आगलागीलाई प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागिपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसैगरि बझाङको एक होटेल र खुद्रा पसलमा पनि आइतबार राति नै आगलागी भयो ।

जिल्लाको बिथ्थडचिर गाउँपालिका–९ बागथला स्थित भानबहादुर बिष्टले सञ्चालन गरेको होटेल र खुद्रा पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जनाएका छन् । उक्त आगलागीलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।