मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४३ Sunday, November २२, २०२६

स्नातक तहमा अङ्ग्रेजी र नेपाली भाषामा प्रश्नपत्र बनाउने त्रिविको निर्णय

शेयर१०.३K०

सुखड : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि स्नातक तहको वार्षिक परीक्षाको प्रश्नपत्र बनाउँदा अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको शुक्रबार एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय उक्त बैठकले त्रिविबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गर्ने र सोही अनुसार क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ ।’

अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्नु पर्ने माग त्रिविमा यसअघि नै आएको थियो । तर त्रिविले ढिला गरी भएपनि उक्त मागहरुलाई सम्बोधन गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।