मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२३ Monday, November २३, २०२६

बितेको ८ महिनामा सुदूरपश्चिमबाट ३१३ जुवाडे प्रहरीको फन्दामा 

शेयर१०K०

नयाँ आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिममा ३ सय १३ जुवाडे प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो। प्रहरीले नगद र ताससहित सो संख्यामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो। ८ महिनामा प्रहरीले सबैभन्दा बढी कैलाली र कञ्चनपुरबाट जुवा खेल्ने र खेलाउने समूहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जुवा खेलमा संलग्न ३ सय १३ जना पक्राउ परेको प्रहरीको अभिलेख छ। जुवा खेल विशेष गरि होटलमा बढी हुने गरेको पाइएको छ। जुवाखेल कैलालीको धनगढी, अत्तरिया, टीकापुर र कञ्चनपुरको महेन्द्रनगर, झलारी, वेलौरी, दोधारा–चाँदनी लगायतका क्षेत्रमा बढी हुने गरेको पाइएको हो ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुबाट ताससहित नगद समेत बरामद गरेको जनाएको छ । साथै जुवा खेल्ने र खेलाउने समूहलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा समेत चलाउने गरेको छ। जुवा खेलेको विशेष सूचनाका आधारमा प्रहरीले संलग्नहरुलाई पक्राउ गर्ने गरेको थियो । मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।