मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०५ Sunday, November २२, २०२६

डिएसपी पालको छापा, ४ सय ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

शेयर१२.६K०

इलाका प्रहरी कार्यालय सुखडले शनिवार बिहान ४६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घोडाघोडी नगरपालिका भित्रका हाइवे क्षेत्रका विभिन्न बजारमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालको कमाण्डमा प्रहरीले उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।

घोडाघोडी नगरपालिकाको पहलमानपुर, सुखड र साडेपानीमा सञ्चालनमा रहेका होटलहरुमा लुकाई छिपाइ राखिएको मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए । डिएसपी पालको छापा, ४ सय ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

बरामद गरिएको मदिरा वडा नम्बर सातका वडाध्यक्ष जुगराम चौधरी वडा नम्बर एकका वडा सदस्य धुर्ब गौतम, अमन चौधरी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा गौतम, समाजसेवी र पत्रकारको रोहवरमा नष्ट गरिएको हो। डिएसपी पालको छापा, ४ सय ६० लिटर घरेलु मदिरा बरामद गरी नष्टबढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि प्रहरीले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्ने डिएसपी पालले बताए ।

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै पालले प्रतिबन्धित मदिरा तथा लागूपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह समेत गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।