मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ४:०८ Monday, November २३, २०२६

घोडाघोडीबाट लागु औषध सहित एक युवक पक्राउ

शेयर९.३K०

कैलालीको घोडाघोडी नगरपालिका १० बाट एक युवक लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरका २८ वर्षीय अनिल बहादुर भुललाई सोमबार राति करिब नौ बजे तिर खैरो हिरोइन सहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र कुमार पालले जानकारी दिए ।

 प्रहरीलेभुललाई घोडाघोडी नगरपालिका वडा नम्बर १० आमखैया स्थित जंगलबाट पक्राउ गरेको हो ।

बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरिक्षक दिर्घ बहादुर साँउदको कमाण्डमा खटिइएको प्रहरी टोलिले भुलको साथबाट २१० मिलि ग्राम खैरो हिरोइन फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।