मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४५ Monday, November २३, २०२६

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासकाे मत

शेयर१२.३K०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा शुक्रबार विश्वासको मत प्राप्त गरेका छन् ।

 प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत पर्दा विपक्षमा २८ मत परेको थियो ।

महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनता समाजवादी पार्टीका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले समेत विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको सभामुख तुलाराम घर्ति मगरले घोषणा गरेका थिए ।

मुख्यमन्त्री महराको बिपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए । महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।