मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:१२ Sunday, November २२, २०२६

नागरिकसँग सभ्य व्यवहार गर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन

शेयर१०.१K०

पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकसँग सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाइ बाँडेर शुभकामना आदानप्रदान गर्दै गृहमन्त्री लामिछानेले नागरिकका गुनासा सम्बोधन गर्दै सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

उनले प्रहरीका गुनासा र समस्याप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको जानकारी दिए । उनले नेताको चाकडी नभई जनताको हितमा काम गरे सङ्गठनमा स्थापित हुनसक्ने बताए ।

गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानुन कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।