मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०२ Sunday, November २२, २०२६

धनगढी उपमहानगरपालिकाद्वारा ८४ जना शिक्षककाे सरुवा

शेयर१०.६K०

धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले ८४ जना शिक्षकको सरुवा गरेको छ।

बैशाख २ गते गरेको निर्णय अनुसार उपमहानगरपालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी कुल ८४ जना शिक्षकको सरुवा गरेको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले दिएको जानकारी अनुसार प्राथमिक तहका स्थायी ४० जना, राहत २३ जना र निम्न माध्यमिक तहका ११ जना शिक्षकको सरुवा गरिएको छ।

त्यसैगरी, शिक्षा महाशाखाले माध्यमिक तहका १० जना शिक्षकको पनि सरुवा गरेको हो। धनगढीमा गत वर्ष पनि शिक्षकहरूको सरुवा गरिएको थियो। यो वर्ष पनि विषय मिलान गर्न सरुवा गरिएको शिक्षा महाशाखाले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।