मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:१२ Sunday, November २२, २०२६

अदालतको फैसला अघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी

शेयर१७.५K०

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको वैशाख १० को पेशी अघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

वैशाख ७ गते अधिवेशन बोलाउन सिफारिस पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । प्रदेशबाहिर रहेका प्रदेश प्रमुख बुधवार पोखरा फर्किनेछन् । प्रदेश प्रमुख फर्किएपछि आजै अधिवेशन आह्वान गर्ने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्री अधिकारी त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

एमाले संसदीय दलका नेता अधिकारीले सभामुख धिताललाई समेत माओवादी दलको सदस्यमा गणना गरेर चैत २५ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख भट्टले पनि त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसको २७, एमालेको २२, माओवादीको ८(सभामुखसहित), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र राजीव गुरुङ (दीपक मनाङे) छन् । बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । खगराज अधिकारी नेतृत्वको सरकारलाई एमाले, माओवादी र दीपक मनाङेको समर्थन छ ।

सभामुख माओवादीबाट भएकाले गठबन्धनलाई बहुमत पुग्दैन । अर्कोतर्फ माओवादी संसदीय दलमा रहेको नेसपा सांसद फडिन्द्र देवकोटा पनि यो गठबन्धनलाई साथ नदिने मनस्थितिमा छन् । राप्रपा हालसम्म अनिर्णित छ । राप्रपा अनिर्णित हुँदा सरकारले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

मध्यावधिलाई रोक्न भए पनि राप्रपाले सरकारलाई समर्थन गर्ने गठबन्धनको दाबी छ । ‘राप्रपा अर्कोतर्फ गए पनि बहुमत पुग्ने अवस्था छैन । राप्रपाले समर्थन नगर्ने हो भने मध्यावधिमा जान सक्छ । त्यो रोक्नका लागि भए नि राप्रपाले हामीलाई समर्थन गर्छ,’ गठबन्धनका एक सांसदले भने ।

         प्रधानमन्त्रीसँग अधिकारीको भेट

मुख्यमन्त्री अधिकारीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भेटमा गण्डकीको सत्ताको बारेमा छलफल भएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।अदालतको फैसला अघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी

नेपाल प्रेसबाट

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।