मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४० Sunday, November २२, २०२६

एसीसी प्रिमियर कप क्रिकेट : साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

शेयर९K०

ओमानमा चलिरहेको एसिसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले छ विकेट गुमाएर ७३ रन बनायो ।

उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

नेपाल लगातार तीन खेल जितेर समूह विजेता बनिसकेको छ । सेमिफाइनलमा पुग्न अहिलेको खेलमा साउदीले नेपाललाइ हराउनै पर्नेछ । साउदी अरब नेपालसँग हारेमा भने हङकङ सेमिफाइनलमा पुग्नेछ ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेर सेमिफाइनलको आसा बढाएको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।

आज दिउँसो सवा ४ बजे ओमान र कुवेत तथा यूएई र कम्बोडिया खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।