मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३० Monday, November २३, २०२६

जोशीपुरमा आगलागी हुँदा ५० बिघा जमिनकाे गहुँवाली जलेर नष्ट

शेयर९.६K०

सुखड: कैलालीको जोशीपुरमा शनिबार दिउँसो गहुँवालीमा आगलागी भएको छ । उक्त आगलागीबाट ५० बिघा जमिनमा रहेको गहुँवाली जलेर नष्ट भएको हो ।

जिल्लाको जोशीपुर गाउँपालिका ६ पकरियामा काटेर थुपारेर राखेको गहुँबालीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज दिउँसो करिब १२:५० बजे तिर स्थानीय एक महिलाले आफ्नो घरको आँगनमा बालेको आगो गहुँमा सल्किएर आगलागी भएको हो। महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

खेतमा काटेर थुपारेर राखेको गहुँमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उक्त आगलागीबाट ५० बिघा जमिनमा काटेर राखेको सबै गहुँ जलेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

स्थानीय, प्रहरी लगायतको सहयोगमा आगो निभाउने क्रम जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।