मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:५८ Sunday, November २२, २०२६

बेङ्गलोर र पञ्जाबका कप्तानलाई ठूलो झट्का

शेयर९.८K०

काठमाण्डाै: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई बीसीसीआई जरिबानले जरिवाना तिराएको छ । आईपीएलको आचारसंहिता उल्लङ्घन गरेपछि बेङ्गलोर र पन्जाबका कप्तान कारबाहीमा परेका हुन् ।

गएराति कोलकाता नाइट रायडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बेङ्गलोरका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको हो ।

इडेन गार्डेन्समा भएको उक्त खेलमा बेङ्गलोर कोलकातासँग १ रनले पराजित भएको थियो । कोलकाता ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने १ खेल बढी खेलेको बेङ्गलोर २ अङ्कसहित पुछारमा छ ।

यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

यस्तै बीसीसीआईले पन्जाब किङ्सका कप्तान साम करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना तिराएको छ ।

यो खेलमा पन्जाब गुजरातसँग ३ विकेटले पराजित भएको थियो । गुजरात ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने पन्जाब उति नै खेलमा ४ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।