मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ५:०१ Monday, November २३, २०२६

डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशको प्रमाणपत्र नक्कली, मुद्दा दायर

शेयर१०.९K०

डोटीः सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गण हेडक्वार्टर, डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ।

माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपी) बाट जारी भएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो।

उनले नक्कली प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र देखाएर सशस्त्र प्रहरी निरीक्षक पदसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ। उनले नक्कली प्रमाणका भरमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।