मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०६ Monday, November २३, २०२६

बझाङमा पेस्तोल पड्किँदा एक प्रहरी घाइते, इञ्चार्ज निलम्बन 

शेयर९.९K०

बझाङ: बझाङमा आज एक प्रहरीले पेस्तोल पड्काएका छन्। जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक शाहले रावललाई निलम्बन गरिएको बताएका छ्न्। हतियार चेकजाँच गर्दा उनको हातबाट पेस्तोल पड्किएको हो।

बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमबार असई रावलले हतियार चेकजाँच गर्दै गर्दा पड्किएको हो। एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो। उनको खुट्टामा चोट लागेको छ। उनले असई रावललाई हतियार बुझाएपछि पड्किएको थियो। अहिले उनको उपचार भैरहेको बताइएको छ।

बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ। जसका लागि जिल्लासहित प्रदेशबाट समेत प्रहरी खटाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।