मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४५ Sunday, November २२, २०२६

लागुऔषध र नगदसहित भारतको पलियाबाट दुई नेपाली पक्राउ

शेयर९.४K०

धनगढीः भारतको पलियाबाट लागुऔषधसहित दुई नेपाली पक्राउ परेका छन्। ३ सय ९० ग्राम लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो। प्रहरीले सोमबार राति उनीहरूलाई ३ सय ९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ।

प्रहरीले बिक्की नेपालीबाट १ सय ३० ग्राम लागुऔषध र अङ्कित मालियाबाट २ सय ६० ग्राम लागुऔषध बरामद गरिएको छ।

 उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।