मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५१ Monday, November २३, २०२६

समाचार प्रभाव: डायनामिकलाई नगरपालिकाको स्पष्टीकरण, पठनपाठन बन्द गर्न निर्देशन

शेयर१२.५K०

घोडाघोडीको वडा नम्बर ४मा अवैध रुपमा सन्चालित डायनामिक एकेडेमीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न नगरपालिकाले पत्र काटेको छ। नगरपालिकाको वडा नम्बर १ मा दर्ता रहेको डायनामिकले नगरपालिकाको स्वीकृति बिनै वडा नम्बर ४ मा संचालन गरेको समाचार निर्भीक पोष्टले प्रकाशन गरेपछि नगरपालिकाले पत्र काटेको मितिले ३ दिन भित्र सन्चालित कक्षाको पठनपाठन बन्द गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ मा संचालन दर्ता रहेको डायनामिक एकेडेमी नामको निजी विद्यालय ठाउँ सारी गरेको अनुमति बिनै वाड नम्बर ४ चार मा नियम विपरीत सञ्चालन गरेको पाइएको थियो।

शिक्षा नियमावली र शिक्षा ऐन अनुसार विद्यालयको ठाउँ सारि गर्दा ठाउँ दर्ता रहेको वडाको सिफारिस, जान चाहेको वडाको सिफारिस र नजिकै का दुई सामुदायिक विद्यालयको अनिवार्य सहमति पत्र आवश्यक पर्छ ।

यो विद्यालयले लामो समयदेखि बन्द अवस्थामा रहेको र कर चुक्ता देखि नियमती गर्नु पर्ने आवश्यक कानुनी प्रक्रिया समेत पूरा नगरेको नगरपालिका ले बताएको छ ।समाचार प्रभाव: डायनामिकलाई नगरपालिकाको स्पष्टीकरण, पठनपाठन बन्द गर्न निर्देशन

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।