मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:३५ Sunday, November २२, २०२६

बैतडीमा कार दुर्घटना, दुई जना घाइते

शेयर११.८K०

बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।