मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४० Sunday, November २२, २०२६

कैलालीका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा साढे छ लाख बढीको क्षति 

शेयर१५.६K०

कैलाली: कैलाली जिल्लाका विभिन्न ठाउँमा आइतबार आगलागी भयो । उक्त आगलागी बाट लाखौंको क्षति भएको प्रहरीले जनाएकाे छ ।

 जिल्लाको गोदावरी नगरपालिका-१२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाई गोठमा हिजो दिउँसो आगलागी भयो । आगलागी हुँदा गाई गोठ पूर्ण रूपमा जली अनुमानित ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यसै गरी आईतबार नै लम्कीचुहा नगरपालिका-५ तिलकपुर बस्ने जगती नेपालीको भान्सा घरमा हिजो साँझ आगलागी भयो आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न, भाँडा, लत्ता कपडा लगायतका सामानहरु गरि अनुमानित ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो प्रहरीले जनाएको छ।

सोही आगलागीबाट सँगै रहेको लक्ष नेपालीको गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल, फल्याक, चौखट लगायतका सामान गरि करिब ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

विभिन्न स्थानमा आगलागी हुँदा एकै दिन ६ लाख ६० हजारको धनमाल जलेर नोक्सानी भएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।