मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारदिउँसो ३:५९ Monday, November २३, २०२६

बझाङमा कांग्रेसका सिंहलाई पराजित एमालेका भण्डारी विजयी

शेयर१०.५K०

बझाङ: शनिबार भएको उपचुनावमा बझाङ प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । आफ्ना प्रतिद्वन्द्वीलाई २ सय ६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन्।

एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११‍ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।