मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:३३ Sunday, November २२, २०२६

घोडाघोडीको एक घरमा आगलागी हुदाँ लाखौंको क्षति

शेयर१२.४K०

घोडाघोडीको एक घरमा आगलागी भएको छ ।

घोडाघोडी नगरपालिका -१ का उत्तम बोहराको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।घोडाघोडीको एक घरमा आगलागी हुदाँ लाखौंको क्षति

विधुतको तार सट हुदा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक दिर्घ साउँदले बताए ।

आगलागी हुँदा घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरिक्षक साउँदले जानकारी दिए।घर भित्र रहेको खाद्यान्न, दुइ तोला सुन, लत्ताकपडा लगायतका सामान र नगद गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको पिडित बोहराले जानकारी दिए ।घोडाघोडीको एक घरमा आगलागी हुदाँ लाखौंको क्षति

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

इलाका प्रहरी कार्यालय सुखड घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।