मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०६ Monday, November २३, २०२६

शिक्षकको माग गर्दै नगरपालिकामा धर्ना 

शेयर१०.२K०

कैलालीको घोडाघोडी नगरपालिका वडा न १० मा रहेको श्री बाल विकास आधारभुुत विद्यालयका अभिभावकहरू धर्नामा बसेका छन् । विद्यालयमा शिक्षकको माग गर्दै अभिभावकहरू नगरपालिकाको कार्यालयमा धर्ना बसेका हुुन । शिक्षक अभावका कारण बिद्यार्थिहरुको भविष्य माथि खेलबाड भइरहेकाले शिक्षक पुुर्तिका लागि धर्नामा बसेको अभिभावक सिता चौधरी बताउछिन । उनी भन्छिन्,“नगरपालिकाको लापरबाहीका कारण छोराछोरीको भविष्य बिग्रने अवस्था छ जसरी पनि शिक्षक लिएर जान्छौ ।”शिक्षकको माग गर्दै नगरपालिकामा धर्ना 

शिक्षक अभावका कारण बिद्यार्थिहरुको पठन पाठनमा समस्या आएकाले धर्नामा बसेको अर्की अभिभावक सीमा देवी कठायत बताउछिन ।

वि. स २०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले ५ जना शिक्षकहरू छन् । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा शिक्षक पुुर्तिका लागि २०७५ साल देखि बारम्बार आग्रह गरे पनि कुनै सुुनुुवाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर कठायत बताउँछन् । आज भोली भन्दा भन्दै बर्छौ बितिसक्दा पनि कुनै सुुनुुवाई नभएपछि धर्नामा बस्न बाध्य भएको उनले बताए ।

रोकायाका अनुसार यही बैशाख ९ गते सम्म शिक्षक अपुग भएको हरेक ठाउँमा शिक्षक पठाउने नगरपालिकाको आश्वासन थियो तर हाल सम्म पनि त्यो पुरा हुुन सकेको छैन ।

राज्यले शिक्षकको जिम्मेवारी लिएको छ रोकाया भन्छन्,“यसको परिपूर्ति गर्नु राज्यको दायित्व हो होइन भने हामीलाई नै जिम्मा दिनुुपर्यो आफै गर्छौ ।”

यो शान्ति पुुर्ण धर्ना रहेको बताउँदै रोकायाले माग पुरा नभए अझै सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।

यता नगर प्रमुख खडक रावतले चाडै नै विज्ञापन खुलाई शिक्षक पुुर्ति गर्ने बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।