मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४४ Monday, November २३, २०२६

आगलागी पीडितलाई घोडाघोडी नगरपालिकाको सहयोग 

शेयर९.४K०
बुधवार भएको आगलागीबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर-४ जनकपुरका हंसराम संज्यालको परिवारलाई नगर सरकारले सहयोग गरेको छ । आगलागीबाट खाद्यान्न र लत्ताकपडा  पूर्ण रूपमा नष्ट भएपछि  परिवारको सहजताका लागि नगर प्रमुख खडकबहादुर रावतले बिहीबार घरमै पुगी खाद्यान्न, भाँडाकुँडा र त्रिपाल सहयोग गरेका हुन ।
“सामान्य छाक बासका लागि सानो सहयोग गरेका छौ । परिवारलाई थप के सहयोग गर्न सकिन्छ मुचुल्का र वडाको सिफारिसका आधारमा हामी छलफल गरि अघि बढ्ने छौ ।” नगर प्रमुख रावतले भने । उनले नलमा जथाभाबी आगो नलगाउन समेत आग्रह गरेका छन् ।
बुधवार दिउँसो स्थानीयले गहुँको नलमा आगो लगाउने क्रममा घर सल्केको थियो । पीडित परिवारका अनुसार आगोबाट करिब १० कुण्टन खाद्यान्न, ४ लाख नगद, गरगहना र बाख्रा जलेर नष्ट भएका छन् । गाँस, बास र कपालको चरम समस्यामा रहेको यो परिवारले सबैमा सहयोग अपेक्षा समेत गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।