मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५६ Sunday, November २२, २०२६

नदिमा डुबेर कञ्चनपुरमा दुइको ज्यान गयो, दुइ घाइते

शेयर८.३K०

कञ्चनपुरको बेलौरी स्थित दोदा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिबार अपराह्न गर्मी छल्न दोदा नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्ने १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।