मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२९ Sunday, November २२, २०२६

इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बड्डिचौरमा सम्पन्न 

शेयर१९.३K०

सुर्खेतमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेतको बड्डिचौरमा बुधवार विभिन्न ३५ वटा समूहबाट ३५ जना समूह अध्यक्षहरूको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो ।

सुजाता कडेलको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाका कोहलपुर अनुगमन स्टेसनका अनुगमन अधिकृत प्रकाश घिमिरे रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै अधिकृत घिमिरेले संस्थाको संरचना,दृष्टिकोण,प्रगति,सञ्चालन प्रक्रिया,संस्थाले प्रदान गरेको सेवा सुविधा कर्जा,बचत,विमा, मोबाइल बैंकिङ,मिस्कल बैंकिङ सेवा साथै कर्जा को सही सदुपयोगिता गर्दा हुने फाइदा, कर्जा को दुरुपयोग गर्दा हुने सम्भावित समस्या र कर्जा सूचना केन्द्र र कालो सूचिको साथै वित्तीय अनुशासनको बारेमा जानकारी गराउँदै पछिल्लो समय भई रहेको केही व्यक्तिले बैक बाट लिएको कर्जा मिनाह गर्दिन्छु भन्ने हल्ला या सोही व्यक्तिको पछि नलाग्न समेत अनुरोध गरेका छन्। यस्तै घिमिरेले तपाईँले लिएको कर्जा अन्य कुनै व्यक्तिको बचत हो भन्ने विषयमा समेत वित्तीय साक्षरता सम्बन्धी गोष्ठीमा प्रशिक्षण गरेका थिए।

इन्फिनिटीका बड्डिचौर शाखा प्रमुख लक्ष्मी प्रसाद देवकोटाले स्वागत मन्तव्य सँगै शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै यस शाखामा आबद्ध ४६ वटा समूह मध्य ३ समूहलाई वार्षिक समूह मुल्याङकण को आधारमा पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमका बिच यस शाखाको उत्कृष्ट सफल व्यवसायी समूह नं. १७ कि सदस्य भीम कुमारी लामिछाने लाई सम्मान गरिएको शाखा प्रमुख लक्ष्मी प्रसाद देवकोटाले जानकारी दिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।