मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२६ Monday, November २३, २०२६

सटरको विषयलाई लिएर टिकापुर नगरपालिकामा व्यवसायीले लगाए ताला

शेयर११.२K०

कैलालीको टिकापुर पालिकामा तालाबन्दी गरिएको छ।

नगरपालिकाले बनाएका सपिङ्ग कम्ल्पेक्सका सटरको भाडा दरमा असहमति जनाउँदै सपिङ्ग कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीहरुले शुक्रबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्। सटरको विषयलाई लिएर टिकापुर नगरपालिकामा व्यवसायीले लगाए तालानगरपालिकाको सपिङ्ग कम्ल्पेक्सका सटरहरुमा नगरपालिकाको समायोजन दररेटमा अहिलेका जनप्रतिनिधि र कर्मचारीहरुले मनलाग्दी भाडादर कायम गरेपछि तालाबन्दी गरिएको व्यवसायी द्वारिका प्रसाद तिमिल्सिनाले जानकारी दिए।

नगरपालिकाले हामी सँग कुनै समन्वय नगरीकन भाडादर बढायो हामीले पटक पटक यस विषयमा नगर प्रमुख ज्यूलाई जानकारी ध्यानाकर्षण गरयौं तर कुनै सुनुवाइ भएन त्यसैले आज बाध्य भएर तालाबन्दी गरेका हौ उनले भने। सटरको विषयलाई लिएर टिकापुर नगरपालिकामा व्यवसायीले लगाए ताला

यता नगर प्रमुख रामलाल डगौरा थारुले भने तत्कालीन कार्यपालिकाको निर्णयले भाडा समायोजन गरेपनि महालेखा परीक्षकले कार्यपालिकाले त्यस्तो निर्णय गर्न नमिल्ने बताएपछि अहिलेको कार्यपालिकाले पुरानै दररेट कायम गर्ने निर्णय गरेको बताए । उहाहरुले नै टेन्डर प्रक्रियामा गएर सटर भाडा सम्झौता गर्नु भएको छ। त्यो सम्झौता अनुसारको भाडा तिर्नु भएको छैन। नगरपालिकाले ताकेता गर्दा समेत भाडा तिर्नु भएको छैन। अब हामी समायोजन अनुसारको दररेट कायम गर्न सक्दैनौ। केही इमानदार साथीहरूले भाडा तिरी राख्नु भएको छ। ५-७ जनाले राजनीति करण गरिरहेका छन्। अब हामीलाई झन् बाटो खुलेको छ हामी भाडा नतिर्नेहरु सँग पुरानो रकम नतिरी नयाँ सम्झौता पनि गर्दैनौ। उहाँ हरुको सटर खाली गर्छौ मेयर थारुले भने।

व्यवसायीका अनुसार तत्कालीन समयमा जनप्रतिनिधि विहीन हुँदा नगरपालिकाले टेन्डर मार्फत सपिङ्ग कम्ल्पेक्सका सटर हरु २ हजार देखि ३५ सय सम्म सम्झौता गरेकोमा समय समयमा गरी टेन्डर बढिबढाउ गरी कोरनाकालसम्म २७ हजार सम्म तिर्ने गरेका थिए।

कोरनाकालपछि ७७ सालमा कार्यपालिका निर्णयबाट सटरको भाडा समायोजन गरी ७ हजार कायम गरिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।