मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१० Sunday, November २२, २०२६

घोडाघोडी नगरपालिकाको शिरमा राखिएको राष्ट्रिय झन्डा च्यातियो, जनप्रतिनिधि र कर्मचारीको किन गएन ध्यान

शेयर९.९K०

कैलालीको घोडाघोडी नगरपालिकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । तर झन्डाको अवस्था हेर्दा उदेक लाग्छ। किनकि राष्ट्रिय झन्डा धुजा बनेको छ, च्यातिएको अवस्थामा छ।घोडाघोडी नगरपालिकाको शिरमा राखिएको राष्ट्रिय झन्डा च्यातियो, जनप्रतिनिधि र कर्मचारीको किन गएन ध्याननगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा रहेको राष्ट्रिय झन्डा च्यातिँदासमेत यहाँका जनप्रतिनिधि र कर्मचारीहरुको ध्यान तान्न सकेको छैन। वा, उनीहरु हेरेर पनि नजरअन्दाज गरिरहेका छन्। नगरपालिका कै प्रमुख सुखड बजारबाट केही मिटर दूरीमा रहेको नगरपालिकाको प्रशासनिक भवनको छतको अगाडिको भागमा फहराइएको उक्त झण्डा यसरी च्यातिएर धुजा धुजा बन्दा समेत नगर प्रमुख देखि कुनै कर्मचारीले राष्ट्रिय झन्डामा चासो देखाएका छैनन्।घोडाघोडी नगरपालिकाको शिरमा राखिएको राष्ट्रिय झन्डा च्यातियो, जनप्रतिनिधि र कर्मचारीको किन गएन ध्यानहामीले राष्ट्रिय झन्डाबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी र नगर प्रमुख खडक बहादुर रावतलाई सम्पर्क गर्दा फोन नउठेपछि नगरपालिकाका प्रशासन प्रमुख छविलाल बिनाडीलाई प्रश्न सोध्यौँ, राष्ट्रिय झन्डा च्यातिएर धुजा बन्दासमेत किन नफेरिएको? उनले झण्डा कहिले च्यातिएको हो त्यसबारे थाहा नभएको र अब तुरुन्तै झण्डा फेर्ने निर्भीक पोष्टलाई बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।