मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१५ Sunday, November २२, २०२६

टीकापुर नगरपालिकाले पाँच करोड महसुल तिर्न बाँकी रहँदा प्राधिकरणद्वारा विद्युत् लाइन काटियो

शेयर१७K०

टीकापुर: नेपाल विद्युत प्राधिकरणले कैलाली जिल्लाको टीकापुर नगरपालिकाको विद्युत् लाइन काटेको छ। प्राधिकरणले नगरपालिका कार्यालयको विद्युत लाइन काटिदिएको हो।

नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहीबार नगरपालिकाको मुख्य कार्यालयको लाइन नै काटिदिएको छ। नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्न बाँकी रहेको छ। कार्यालयको लाइन काटिएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशीले आर्थिक वर्ष २०७१/७२ सालदेखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि तिर्ने सुरसार समेत नगरेपछि लाइन काटिएको बताए। लाइन काटिएपछि ब्याट्रि ब्याकअपबाट मात्रै कार्यालय चलेको छ। टीकापुर नगरपालिकका प्रमुख रामलाल डगौरा थारूले पाँच करोड रुपियाँ तिर्नु पर्ने पत्र आएपछि के गर्ने भनेर कार्यपालिकामा छलफल चलेको बताएका छन् ।

विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्र मिटर नजोडिएका सडक बत्ती र चुहावटको रकम नगरपालिकाका नाममा हाल्दै आएको छ। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका इश्वर जोशीले महसुल बक्यौता बुझाउन बाँकी रहेका सबै ग्राहकको लाइन काट्न आदेश आएको र मतलब नगर्ने ग्राहकको लाइन पनि काटिएको बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।