मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३४ Sunday, November २२, २०२६

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै

शेयर९.२K०

काठमाण्डौ: प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सदनमा चौथो पटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरी रहेका छ्न् ।

कुनै पनि सत्ता साझेदार दल मध्ये एक दलले मात्रै समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही कारण यसबारे प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले सञ्चार माध्यमलाई जानकारी दिए ।

प्रधानमन्त्रीले बिहीबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेसँग विश्वासको मत लिने विषयमा छलफल गरेका थिए।

०७९ पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।