मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०६ Monday, November २३, २०२६

वनभोजमा शिक्षकबीच कुटाकुट प्रकरण : गल्ती ढाकछोप गर्न झुटो विज्ञप्ति, प्रहरीमा मिलापत्र  

शेयर१६.३K०

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापकबीच भएको कुटपिट प्रकरण अहिले क्याम्पसले घटना लुकाउन खोज्ने र पत्रकारलाई दोष देखाउनेसम्म पुगेको छ ।

शनिबार वनभोज खान कैलालीको खानिडाडा पुगेका क्याम्पसका प्राध्यापकबीच कुटाकुट भएको हो । उक्त विषय प्रहरी कार्यालय सम्म पनि पुगेको थियो ।

क्याम्पसका प्राध्यापक विकास गौतमले आफूमाथि कुटपिट भएको भन्दै चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएका थिए । घटनाको भोलिपल्ट क्याम्पसले उक्त वनभोजमा शिक्षकबीच कुटाकुट भएको घटना प्रति छानबिन गरेर दोषीमाथि कारबाही प्रक्रिया अगाडी बढाउनु पर्नेमा उल्टै सञ्चार माध्यमहरूलाई दोष देखाएर घटना लुकाउने प्रयास गरेको पाइएको छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै स- प्रमाण प्रकाशित समाचारलाई झुटो समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका छन् ।

‘खानीडाडास्थित पिकनिक स्थलमा भएका क्रिया प्रतिक्रिया मिडिया र सामाजिक सञ्जालमा क्याम्पसको नाम जोडेर आएका आधारहीन, भ्रामक र झुटो समाचार प्रति क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ’, क्याम्पस प्रमुख भट्टराईले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

क्याम्पसको विज्ञप्तिमा महासंघको विरोध

आफू कुटिएको भन्दै प्रहरी सम्म पुगेर कारबाहीको लागि निवेदन दिएपछि पत्रकारले समाचार लेख्दा पनि क्याम्पसले आफ्नो दोष लुकाउन पत्रकारलाई दोषि करार गरेको प्रति पत्रकार महासङ्घ कैलालीले विरोध जनाएको छ ।

‘घटनाको प्रमाण सहित प्रहरीमा उजुरी गरेको विषयलाई मिडियाले उठान गरेको छ प्रहरी प्रशासन मिडियाको लागि प्रमुख समाचारको स्रोत रहेको क्याम्पस प्रशासनलाई जानकारी गराउँछौँ’, पत्रकार महासङ्घका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो गल्ती स्वीकार गरि आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता गर्नुको साटो आफ्नो प्रतिकूल भयो भनेर मिडियालाई आरोप लगाउने कुरा पत्रकार महासङ्घलाई स्वीकार्य नभएको चेतावनी दिँदै शब्द सच्चाउन आग्रह गर्दछौँ ।

क्याम्पसले घटना नै नघटेको भन्दै झुटो विज्ञप्ति निकाले पनि क्याम्पस प्रमुख, उपप्रमुख सहित व्यवस्थापन समितिका पदाधिकारी हरु नै प्रहरीमा गएर झगडिया हरुको मिलापत्र गराएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।