मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३१ Monday, November २३, २०२६

नेविसंघकोले थाल्यो विधालयको अनुगमन, पहिलो दिन पुग्यो राष्ट्रिय मावि सुखडमा

शेयर७.३K०

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीले घोडाघोडीका सामुदायिक विद्यालयहरूमा अनुगमन सुरु गरेको छ । पालिका भित्रमा पर्ने ५१ वटा सामुदायिक विद्यालयमा गएर विद्यार्थी सँग अन्तरक्रिया तथा समस्याका विषयमा अनुगमन गर्ने कामको थालनी गरेको हो । पहिलो दिन सुखड स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी सँग अन्तरक्रिया गरेको नगर कमिटीले जनाएको छ ।

विद्यार्थीसँग विद्यालयका समस्या, समाधान र गुणस्तरीय शिक्षा बारे छलफल समेत गरिएको छ । साथै विद्यालयमा भइरहेको गतिविधिको बारेमा पनि विद्यार्थीहरू सँग छलफल गरिएको नगर कमिटी अध्यक्ष दीपेश बोहराले जानकारी दिए । विद्यार्थी सँग अन्तरक्रिया गर्दा विभिन्न समस्याहरू उनीहरूले सुनाएको उनले बताए । गर्मियाम पढ्न समस्या भएको, शैक्षिक सामाग्रीहरूको कमी, पठन पाठन नियमित नभएको, नेपाली र अङ्ग्रेजी माध्यमको पठन पाठन एउटै कोठामा राखेर पठाउने गरेको र शिक्षकहरूले राम्रो सँग नपढाएको जस्ता समस्या सुनाएका थिए ।नेविसंघकोले थाल्यो विधालयको अनुगमन, पहिलो दिन पुग्यो राष्ट्रिय मावि सुखडमा

विद्यालयहरूमा अनुगमनको क्रममा सटर बाट भाँडा उठाएको बिल दिएको तर लेजरमा दर्ता नभएको जस्ता समस्या देखा परेको बताइएको छ । विद्यार्थीहरूका समस्या तथा विद्यालयमा भइरहेको गतिविधिको बारेमा सम्बन्धी पक्ष सँग बसेर छलफल गरिएको बताइएको छ । त्यस विषयमा सम्बन्धी पक्षले समस्यालाई समाधान गरेर अगाडी बढ्ने कुरा बताएको नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीले जनाएको छ ।

पालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर स्थलगत अवस्था बुझ्न अनुगमन गरिएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । तत्काल सुध्रिन र जिम्मेवारी निभाउन अनुरोध समेत गरिएको र देखिएका विभिन्न समस्याहरू यथाशीघ्र समाधान गर्न सुझाव तथा निर्देशन दिएको नगर कमिटी सचिव प्रशान्त थापाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।