मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१७ Sunday, November २२, २०२६

शिक्षा मन्त्रालयका लागि बजेट २ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन

शेयर८.२K०

काठमाण्डौ: आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब तीन अर्ब ६६ करोड रुपैयाँको बजेट पाएको छ ।

सरकारले २०८१ सालदेखि २०९१ सालसम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने भएको छ । बजेटमा सात वटै प्रदेशका १/१ वटा पालिकामा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन स्थापना गरिने र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पालगायत जिल्लामा दिँइदै आएको दिवा खाजाका लागि बजेट वृद्धि गरिएको उल्लेख छ ।

यस्तै सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने बताएको छ । सरकारले विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्ने भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।