मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०८ Sunday, November २२, २०२६

सेतीमा नवजात शिशुको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप

शेयर११.७K०

कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो।

भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिइकी थिइन्। तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो। आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन्।

अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन। सेती अस्पतालमा सो विषयमा बैठक हुने भएको छ। बैठकपछि मात्र नवजात शिशुको मृत्युको कारण अस्पतालले बनाउने सूचना अधिकारी किशोर श्रेष्ठले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।