मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४१ Monday, November २३, २०२६

असार १ देखि पशुपतिनाथका चारवटै ढोका विहान ४ बजे खोलिने

शेयर१२.५K०

राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो १ गतेदेखि विहान ४ बजे नै खुल्ने भएका छन्।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले विहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

“यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि विहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे खोलिनेछ‚” उनले भने।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्रै पशुपतिनाथ मन्दिरका चारै ढोका विहान ४ बजे खोल्ने गरिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।