मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:४२ Sunday, November २२, २०२६

कञ्चनपुरका विभिन्न स्थानबाट दुई लाख बढीका अवैध सामान बरामद

शेयर९.८K०

कञ्चनपुरमा दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ।

आइतबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३८ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ८१ हजार १०, इलाका प्रहरी कार्यालय बेल्डाँडीले ७१ हजार ३५०, पहरी चौकी भुडाले ११ हजार ७६० र अस्थायी प्रहरी पोस्ट बन्साले ४ हजार ५९० गरि २ लाख ६ हजार ७१० मुल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

उक्त स्थानबाट मिश्री, गुड, दाल,पेय पदार्थ,गाडीमा प्रयोग गर्ने सिल,तेल,चिनी र सुर्ती लगायतका सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।