मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०६ Monday, November २३, २०२६

टी-२० विश्वकप क्रिकेट : श्रीलङकालाई पाखा लगाउँदै दक्षिण अफ्रिकाको विजयी सुरुवात

शेयर१०.३K०

सुखडः टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङकालाई ६ विकेटले पाखा लगायो । श्रीलङकाले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका क्विन्टन डीककले २०, हेनरीक क्लासेन अविजित १९ तथा ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मारक्रमले १२ रन बनाए ।

श्रीलङ्काका वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङकाले १९.१ ओभरमा ७७ रनमा अलआउट भयो । उसका कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए ।

दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले समान २÷२ विकेट लिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।