कैलालीमा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको टिकापुर नगरपालिका-१ बिशालनगरका अन्दाजी ६०/७० वर्षीय श्रीदल पुरीको सोमवार मृत्यु भएको हो। टिनले छाएको कच्ची घरमा सुति रहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढलेर घर भित्र च्यापिन गई घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।