मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४४ Sunday, November २२, २०२६

चोरी मुद्दामा फरार ३ जना दोषी प्रहरीको फन्दामा

शेयर८.५K०

धनगढीः कैलालीको धनगढीकी चोरी मुद्दामा फरार रहेकी एक महिलासहित ३ जना दोषी पक्राउ परेका छन् ।

चोरी मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया बिमला खड्का, चोरी मुद्दामै १ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ का मोहन खाती र वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय महेन्द्र बि.क. सोमवार पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए । दुईजनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र एक जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।