मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१५ Sunday, November २२, २०२६

केलियन एम्बाप्पे रियल मड्रिडमा अनुबन्धित

शेयर९.३K०

फ्रेञ्च स्टार फरवार्ड केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । सोमबार रियलले विज्ञप्ति जारी गर्दै एम्बाप्पेलाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो ।

एम्बाप्पेले पनि सामाजिक सञ्जालमार्फत आफू रियलमा अनुबन्धित भएको जानकारी गराएका छन् । उनले रियलमा अनुबन्धित हुन पाउँदा आफू अत्यन्त खुशी भएको पनि बताएका छन् ।

एम्बाप्पेले इन्स्टाग्राममा लेखेका छन्, ‘म कति उत्साहित छु भन्ने कुरा कसैले सोच्न सक्दैनन् । मेरो सपना पूरा भएको छ। आफ्नो ड्रिम टिमसँग जोडिन पाएकामा खुशी र गौरवान्वित छु ।’

रियलले आर्थिक विवरण नखुलाएपनि बीबीसीका अनुसार उनले वर्षको १५ मिलियन युरो तलब पाउनेछन् । त्यस बाहेक रियलमा आउन माने बापत ५ वर्षमा पाउने गरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन्।

यसअघि सन् २०२२ मा पनि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। त्यतिबेला एम्बाप्पेलाई भित्र्याउन १८० मिलियन युरोको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो । यसपालि जुन ३० मा पिएसजीसँगको सम्झौता सकिएपछि एम्बाप्पेले सम्झौता नविकरण नगर्ने भनेका थिए ।

एम्बाप्पे सन् २०१७ मा १८० मिलियन युरोमा किन्ने गरी मोनाकोबाट लोनमा पिएसजी गएका थिए । पिएसजीमा रहँदा उनले कीर्तिमानी २५६ गोल गरेका थिए । रियलले १५ औं च्याम्पियन्स लिग जितेको छ। एम्बाप्पेको आगमनसँगै टिम अझै आक्रामक हुने बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।